Ads

मस्कोमा १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु


मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।
दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरुको अनुसन्धान गर्ने निकायले भनेको छ ।
आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो ।
मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकाले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने ।

Ads

सम्बन्धित पोष्टहरू