Ads

ईजरायलले आक्रमण जारी राख्ने


एजेन्सी, इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा युद्धविराम हुने चर्चाका बीच इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको बताए । उनले गाजालाई पूर्ण रुपमा नष्ट नगरेसम्म आफ्नो लक्ष्य पूरा नहुने भन्र्दै युद्ध अन्त्य हुने आशामा शङ्का व्यक्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू