काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा।लि। बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा।लि।का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।
सेञ्चुरी बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११।११ अभियान मार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु।२,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु। ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई(कमर्स सेवा सुचारु गर्नुपर्नेछ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्