Ads

बजेटमा समावेश कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन


काठमाडौं, । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयद्वारा आज अयोजित ‘आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिक समीक्षा’ बैठकमा उनले सरकारको लक्ष्य र जनअपेक्षालाई सम्बोधन गर्ने गरी लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सचिव अर्यालले भने, “यो प्रथम त्रैमासिकको रिपोर्ट हेर्दा उद्देश्यअनुरुप काम भएको छैन, काम हुँदै गरेको भन्ने मात्रै आयो, काम सकिएको भन्ने आएन, अब नीति तथा कार्यक्रमले लिएको लक्ष्य समयमै हासिल गर्ने गरी प्रतिफल आउने गरी काम गरौँ ।”

उनले जे गर्छु भनेको हो त्यो समयमै सक्न र गर्छु भनेकोबाहेक अन्य काम गरेको भए मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिए । उनले सरकारी सेवामा छिटो र छरितोपना ल्याउनका लागि कार्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

सहसचिव उत्तरकुमार खत्रीले अब नयाँ सरकार गठन भएसँगै तत्काल जनताको निम्ति सेवा सुविधाबारे योजना बनाउन निर्देशन दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू