Ads

आज भारत जाँदै बाबुराम भट्टराई, यस्ता छन् कार्यक्रम


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज (पुस ६ गते) भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्।

उनको सचिवालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा डा. भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार–विमर्श गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा डा. भट्टराई भारतको प्रतिष्ठित शैक्षिक संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा ‘साउथ एसियाज् डेमोक्र्याटिक फ्युचर : युथ, टेक्नोलोजी एन्ड इन्क्लुसिभ डेमोक्रेसी’ विषयमा किनोट स्पिच दिनेछन्। यस्तै, नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ (एसएएफपीआई) द्वारा आयोजना हुने विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ।

भारत भ्रमण सम्पन्न गरी डा. भट्टराई पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिएकी छन्।

उक्त भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मैत्रीपूर्ण सम्बन्ध तथा लोकतान्त्रिक संवादलाई अझ सुदृढ बनाउने विश्वास पूर्वप्रधानमन्त्री डा. भट्टराईले व्यक्त गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू