Ads

ट्रम्प प्रशासनले फिर्ता बोलायो नेपालसहित ३० देशका अमेरिकी राजदूत


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले कार्यकालको औपचारिक समापन हुनुअगावै फिर्ता बोलाएको छ । थम्पसनसँगै नेपालस्थित अमेरिकी राजदूतसहित दुई दर्जनभन्दा बढी अमेरिकी राजदूतलाई एकैपटक फिर्ता बोलाइएको हो ।

न्युयोर्क टाइम्सका अनुसार फिर्ता बोलाइएका अधिकांश राजदूतहरू जो बाइडेन प्रशासनको पालामा नियुक्त भएका थिए । दक्षिण एसियाली क्षेत्रबाट भने नेपाल र श्रीलंकाका राजदूत मात्र यस सूचीमा परेका छन्, जसले क्षेत्रीय रूपमा पनि यस निर्णयलाई चासोको विषय बनाएको छ ।

नेपालबाहेक फिर्ता बोलाइएका राजदूत रहेका देशहरूमा अल्जेरिया, आर्मेनिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभोरी कोस्ट, लाओस, म्यासेडोनिया, मेडागास्कर, मार्शल टापुहरू, मौरिसस, मोन्टेनेग्रो, नाइजर, नाइजेरिया, पपुवा न्युगिनी, फिलिपिन्स, रुवाण्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, सुरिनाम र भियतनाम रहेका छन् ।

अमेरिकी प्रशासनको यस निर्णयलाई कूटनीतिक पुनर्संरचना र नीतिगत प्राथमिकतासँग जोडेर हेरिएको छ भने यसले सम्बन्धित देशहरूसँगको द्विपक्षीय सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू