एजेन्सी–समुद्रमुनि रहेका विरुवा र प्राणीमध्ये दश भागको एकभाग बिलुप्त अवस्थामा रहेका प्रजातिहरुको पछिल्लो रातो सूची रेड लिस्ट अफ थ्रिएट्न्ड स्पाइसेजले देखाएको छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)का अनुसार १७ हजार ९०३ समुद्री वनस्पति र प्राणीमध्ये १ हजार ५५० भन्दा बढी बिलुप्त हुने खतरामा छन् ।
जलवायु परिवर्तनदेखि वातावरण प्रदूषणसम्म मानव गतिविधिका कारण सामुद्रिक जीवन जोखिममा परेका हुन् । खानी र ग्यासको अन्वेषण तथा उत्पादन र प्रदूषणका कारण तिनीहरूको मुख्य खाद्य स्रोतमा हानी पुग्दा संख्या पनि घटेको हो । चरम मौसम र तातो समुद्री छाल जस्ता प्राकृतिक कारण पनि लोपको अर्को कारण हो भने ब्लीचिङ पाउडर र रोगले ठूलो संख्यामा समुद्री प्राणी जोखिममा परेका छन् ।
‘हामीले समुद्री प्रजातिहरूमा निकै विनाशकारी प्रभाव पारिरहेको देखाउँछ’,आइयुसीएन रेड लिस्टका प्रमुख क्रेग हिल्टन–टेलरले भने, ‘समुद्रमुनि वास्तवमा के भइरहेको छ भनेर तपाइले देख्न सक्नुहुन्न ।’
जोखिम हुने समुद्री प्रजातिहरूको अंश हालको तथ्यांकको तुलनामा धेरै बढी हुन सक्ने टेलर बताउँछन् । तथ्यांकअनुसार पूर्वी अफ्रिकाम समुद्रमा बस्ने शाकाहारी स्तनपायी जनावर डगोङ र फ्रान्सेली क्षेत्रमा पाइने न्यु क्यालेडोनियाको संख्या हवात्तै घटेको छ ।
लोपन्मुख प्रजातिको संरक्षण गर्न तत्काल पहल गर्नुपर्ने आइयुसीएनले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्