Ads

महामन्त्री पदका लागि मैदानमा उत्रिए मनिष झा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले आगामी नेतृत्व चयन प्रक्रियामा आफू महामन्त्री पदका लागि प्रतिस्पर्धामा उत्रिने बताएका हुन्। हाल उनी पार्टीभित्र कुनै पनि लाभको पदमा नरहेका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरु भएको छ। महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुने क्रममा रहेको छ भने निर्वाचनसम्बन्धी प्रक्रिया सोमबारदेखि अघि बढ्ने कार्यतालिका तय गरिएको छ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिने भएकाले विभिन्न पदका आकांक्षीहरू सक्रिय रूपमा चुनावी तयारीमा जुटेका छन्। मनिष झाको उम्मेदवारी घोषणासँगै महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू