काठमाडौँ –
सरकार विरोधीहरुको आन्दोलन बढ्दै गएपछि काजकिस्तानले रुससहितका गठबन्धनसँग सैन्य सहयोग मागेको छ । काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकायवले मुलुक अशान्त भैरहेकाले सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ) सँग सहयोगको अपिल गरेका छन् ।
इन्धन मूल्यबृद्धिको विरोध गर्दै लामो समयदेखी देशव्यापी आन्दोलनका कार्यक्रमहरु प्रदर्शन भैरहेको थियो । प्रदर्शनले उग्ररुप लिएसँगै प्रधानमन्त्रीले पनि राजीनामा दिएका थिए । तर अझै पनि आन्दोलन साम्य भएको छैन । काजकिस्तानको अवस्थालाई नियालिरहेको अमेरिकाले सरकारविरोधी प्रदर्शनमा कुनैपनि बल प्रयोग नगर्न काजकिस्तान सरकारसँग आग्रह गरेको छ । राष्ट्रपति टोकायवले काजकिस्तानमा अशान्ति फैलाउनुमा आतंकवादी गिरोहको हात रहेको बताउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्