काठमाडौँ । काजकिस्तानमा भएको आन्दोलनले अराजक रुप लिएको छ ।
प्रदर्शनकारीहरुले बिहीबार राति नगरको प्रहरी मुख्यालयमा आक्रमण गर्दा आक्रमणकारी र प्रहरी विच केहिबेर झडप भएको थियो । उक्त झडपका क्रममा अज्ञात संख्यामा आक्रमणकारीहरू मारिएका छन् । इन्धन मुल्यबृद्धिको विरोधबाट सुरु भएको आन्दोलनले कजाकस्तानमा अशान्ति छाएको छ । लगभग १८ प्रहरी अधिकारी र सैन्य सेवाहरू मारिएका छन् भने थप ७४८ घाइते भएका छन् । प्रदर्शनका क्रममा झण्डै २,३०० व्यक्तिलाई हिरासतमा राखिएको देशको आन्तरिक मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ ।
प्रतिक्रिया दिनुहोस्