काठमाडौँ । अफगानिस्तानमा आफ्नो शासन चलाइरहेको तालिबानले विमान र हेलिकप्टर फिर्ता गर्न छिमेकी मुलुकलाई चेतावनी दिएको छ ।
तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकुब मुजाहिदका अनुसार छिमेकी मुलुकले विमान फिर्ता नगरे तालिबानले कारबाही गर्न सक्ने चेतावनी दिएको बताएका छन् हो । अफगानिस्तानका पाइलट र एयर फोर्सका कर्मचारीहरुलाई सम्बोधन मुजाहिदले पूर्ववर्ती सरकारको पालामा छिमेकी मुलुकमा लगिएका विमानहरु अफगानिस्तानको सम्पत्ति भएको र ती विमान फिर्ता लिएरै छाड्ने बताएका छन् ।
देश छाडेर नजाने अफगानिस्तानको वायु सेनाका पाइलट र इन्जिनियरहरुलाई धन्यवाद दिदै उनले गत महिना देश छाडेर गएका पाइलट तथा इन्जिनियरहरुलाई पनि देश फर्किनका लागी आग्रह गरेका छन् ।
एयर फोर्सलाई बलियो बनाउन चाहेको उल्लेख गर्दै वायु सेना विदेशी आर्थिक सहयोगमा निर्भर नहुने र अफगानिस्तानको सीमा सुरक्षा गर्न सक्ने किसिमको हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्