Ads

अफगानिस्तानमा भूकम्पः २६ जनाको मृत्यु, उद्धार कार्य जारी


काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा गएको ५.३ म्याग्निच्युटको भूकम्पले २६ जनाको मृत्यु भएको स्थानिय संचार माध्यमले जनाएको छ ।

भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । क्षती पुगेको क्षेत्र तुर्कमेनिस्तानसँग सीमा जोडिएको पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र समेत मान्ने गरिन्छ भूकम्पको कारण घरको छत खसेर च्यापिंदा पाँच महिला र चार बालबालिकासहित २६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

आपतकालीन सन्चालन केन्द्रका प्रमुख मुल्लाका अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भूकम्पले मुकर जिल्लामा पनि क्षति पुगेको छ । तर त्यहाँको विवरण आइसकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू