Ads

कोरोनाविरुद्धको दुई फरक खोप मिक्स गरेर लगाउने सरकारको निर्णय


 

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ ।

सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।

बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको नर्सिङ अधिकृत लक्ष्मी मरासिनी आचार्यले जनाकारी दिएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू