Ads

क्यानडाका प्रधानमन्त्री सहित परिवारले घर छाडे


काठमाण्डौ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध भएको आन्दोलनका कारण अहिले आफुहरु बस्दै आएको घर छाडेका छन् ।

ट्रक मदजुर लगाएत आम नागरिकको आन्दोलन चर्किँदै गएपछि उनले राजधानी शहरमा रहेको आफ्नो घर छोडेको क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् । ट्रूडो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको छ ।

सीबीसीले शनिबार जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका थिए।

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड(१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए ।
सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू