काठमाडौं । भारतमा एक जोडीको विवाहको पहिलो रात नै हृदयघातबाट मृत्यु भएको छ । उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडी दुवै जनाको सुहागरातको दिन नै मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो । दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको बहराइज प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
गत मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो । मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए । विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए । भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्