एजेन्सी
मुम्बई । बलिउड अभिनेता सलमान खानलाई धेरै पटक ज्यान मार्ने धम्की आइसकेको छ । जसले गर्दा सलमानले आफ्नो सुरक्षा व्यवस्था एकदमै कडा राख्ने गरेका छन् । मुम्बई पुलिसले पनि सलमानलाई सुरक्षा दिएको छ । अब मोस्ट वान्टेड ग्यांगस्टर गोल्डी बराडले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् । गोल्डी बराडले एक अन्तरवार्ताका क्रममा मौका मिल्दा सलमानलाई मार्ने बताए ।
गोल्डीका अनुसार सलमानले कालो हरिण मारेपछि माफी मागेका छैनन् त्यसैले उनलाई अवश्य मार्ने बताए । मोस्ट वान्टेड ग्यांगस्टर गोल्डी बराडले इन्डिया टुडेसँग सलमान खान निशानामा रहेको र मौका मिल्ने बित्तिकै मार्ने बताएका छन्। उनको भनाई अनुसार सलमानले कालो हरिण मारेर विश्नोई समाजको बेइज्जती गरेका छन् । विश्नोई समाजले कालो हरिणको पूजा गर्छ ।
सालमान खान सन् १९९८ मा आफ्नो फिल्म ‘हम साथ साथ हैं’ को सुटिंगको क्रममा जोधपुरमा थिए । त्यसैबेला खान माथि एउटा कालो हरिण मारेको आरोप लागेको थियो । यसलाई लिएर सलमानविरुद्ध मुद्दा दर्ता भएको थियो र उनलाई जेल पनि जानु परेको थियो । त्यसपछि लरेन्स विश्नोई र गोल्डी बराडले सलमान खानलाई धेरैपटक धम्की दिएका थिए ।
सलमान खानको अहिलेको कुरा गर्ने हो भने आउने दिपावलीमा उनको फिल्म ‘टाइगर ३’ आउँदैछ । यस फिल्ममा उनीसँग कैटरीना र इमरान हाशमी पनि मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया दिनुहोस्