Ads

इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न प्रतिबन्ध


एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न प्रतिबन्ध लगाएको जनाएको छ । इमरान खानलाई हालै मात्र तोशाखाना मुद्दामा जेल पठाइएको छ । उनी विगत केही महिनादेखि पाकिस्तानका विभिन्न अदालतमा आफूविरुद्ध लगाइएको आरोपलाई चुनौती दिइरहेका थिए ।

तर अन्ततः अगस्ट ५ मा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो । गिरफ्तार हुनुअघि रेकर्ड गरिएको बयानमा इमरान खानले आफ्ना समर्थकहरूलाई आफू पक्राउ पर्दा चुप लागेर नबस्न भनेका थिए तर चाखलाग्दो कुरा के छ भने यसपटक आफ्ना समर्थकहरूको प्रतिक्रिया पहिलेको जस्तो देखिएको छैन ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० ले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीविरुद्ध देशव्यापी प्रदर्शनको आह्वान गरेको छ । इमरान खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका थिए तर अविश्वासको प्रस्तावमा पराजित भएपछि एक वर्षअघि पदबाट राजीनामा दिनुपरेको थियो । उनीविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता छन् । उनले देशको लागि आएका उपहार व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप लाग्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू