एजेन्सी । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू सवार बसमा आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा २० जना सैनिकको मृत्यु भएको बताइएको छ । घटनामा घाइते भएका छन् ।
आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ। सिरियाका केही भागहरूमा आईएस स्लिपर सेलहरूले सन् २०१९ मा पराजित भए पनि अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी सहर मायादिन नजिकैको मरुभूमि सडकमा भएको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु भएको र १० जना घाइते भएको बताएको छ । यस आक्रमणमा सिरियाली सेना वा सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया दिनुहोस्