काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।
बुधबार बिहान नेपाल आइपुगेको चिनियाँ जनमुक्ति सेनाको मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीले जङ्गी अड्डा पुगेर प्रधान सेनापति शर्मालाई भेटेको हो ।
भेटघाटमा दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ । ५ दिनसम्म नेपालमा रहने आन्दे नेतृत्वको टोलीले नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्राहलयलगायत विभिन्न युनिटहरुको स्थलगत भ्रमण गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्