Ads

के के भयो बालुवाटार भेटघाटमा ?


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभएको दाबी गरिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेका थिए । तर एमालेले आफ्ना पुराना अडान दोहोर्याएको थियो । ।

वार्तामा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने बताएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू