एजेन्सी । इजरयाल र हमासबीचको युद्ध जारी रहेकै बेला इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी गरेको छ
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीका अग्रपंक्तीका सुरक्षाकर्मीहरुलाई इजरायल आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिनुभएको छ । साथै उहाँले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनहरुलाई सो भूमी छोड्न अपिल गर्नुभएको छ । उत्तरी गाजाबाट पलायन हुने क्रममा रहेका सवरीसाधनमाथि इजरायलले गरेको आक्रमणमा थुप्रै बालबालिका र महिलाहरुका मारिएका छन् ।
हमासले गत साता बन्धक बनाएको इजरायली लगायत बिभिन्न देशका १ सय ५० जनाको अवस्था अज्ञात छ । इजरायलमा गत साता हमासले गरेको आक्रमणमा १३ सयको मृत्यु भएको र इजरायलले गाजापट्टीमा गरेको जवाफी कारवाहीमा २२ सय जनाको मृत्यु भइसकेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनी नेता मोहमद अब्बाससँग कुराकानी गरेका छन् । इजरायलको साथ दिने बचन दिएको अमेरिकाले युद्धमा इजरायललाई सैन्य सामग्रीहरु उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्