एजेन्सि । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन्।
इजरायलप्रति समर्थन जनाउन उनीहरु तेल अबिब पुगेका हुन्। अवतरणलगत्तै सुनकले ‘आतंकवाद’ को भर्त्सना गरे र बेलायत इजरायलको साथमा उभिएको बताए।
सुनकले समकक्षी बेन्यामिन नेतन्याहुलाई भेटेका छन्।
उनले हमासले बन्धक बनाएका मानिसहरुको परिवारलाई पनि भेटेका छन्।
यसअघि बाइडेनको भ्रमण भने गाजाको एक अस्पतालमा करिब ५ सयको ज्यान जानेगरी भएको हमलाको घटनाले ओझेलमा परेको थियो।
प्रतिक्रिया दिनुहोस्