काठमाडौँ । युक्रेनको खार्किभमा बम आक्रमणमा परि दर्जनौँ मानिसको ज्यान गएको छ । खार्किभमा गरिएको बमबारीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अपराध भनेका छन् ।
खार्किभको फ्रीडम स्क्वाएरमा भएको विस्फोटनको भिडिओ ट्वीटरमार्फत सार्वजनिक गर्दै युक्रेनको विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप समेत लगाएको छ ।
खार्किभका सैनिकहरूलाई निसानामा पारिएको प्रत्यक्षदर्शीहरूको भनाई छ ।
दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणअनुसार यो गल्तीले गरिएको आक्रमण नभइ जानाजान गैरसैनिकलाई निसानामा पारिएका जेलेन्स्कीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्