Ads

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेसबीच भेट भएको छ।

यूएईमा जारी कोप–२८ अन्तर्गत सबैका लागि प्रारम्भिक चेतावनीँ सम्बन्धी छलफलमा उनीहरूबीच भेट भएको हो।

संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले आयोजना गरेको सो छलफलमा प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्र (एल.डी.सी)का अध्यक्षको रुपमा सहभागी भएका थिए।

यसअघि महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आएका थिए। नेपालको चारदिने भ्रमणमा आएका उनी कात्तिक १५ गते फर्किएका थिए।

महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए।

कोप–२८ का कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ स्वदेश फिर्ता हुँदैछन्।

 

Ads

सम्बन्धित पोष्टहरू