काठमाडौँ । इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ । पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले आज(शुक्रबार) जानकारी दिएका छन् ।
मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन । सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ । सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।
हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ । “हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौँ, अनुकुल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरुलाई पनि उद्धार गर्नेछ,” एक अधिकारीले भने । आफूहरुले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरुको भनाई छ । -रासस
प्रतिक्रिया दिनुहोस्