एजेन्सी\ जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गएको छ । भूकम्प प्रभावित इशिकावा प्रान्तमा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्