Ads

१० ओभरमा नेपालले अफगानिस्तानको ५ विकेट झार्‍यो,आकाश चन्दले लिए चार विकेट


काठमाडौं । आईसीसी यू -१९ विश्वकप क्रिकेटमा नेपालले १० ओभरमा अफगानिस्तानको ५ विकेट लिएको छ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तानले १० ओभरको खेल सकिँदा ५ विकेट गुमाएर जम्मा ३५ रन बनाएको छ।

नेपालका आकाश चन्दले ४ विकेट लिए भने गुल्सन झाले एक विकेट खसाले । अफगानिस्तानका ३ खेलाडी शून्यमा आउट भए।

समूह चरणको अन्तिम खेल खेलिरहेका दुवै टिम सुपर सिक्समा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो।

दक्षिण एसियाका दुई चर्चित १९ वर्षमुनिको टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् ।

Ads

सम्बन्धित पोष्टहरू