एजेन्सी \ इजरायलले गत अक्टोबर ७ देखि लगातार हमासविरुद्ध गाजापट्टीमा गरेको हमलाका कारण त्यहाँ मानवीय संकट गहिरिएको छ । आक्रमणका कारण आधाभन्दा बढी भवनहरु ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ ।
बीबीसीले गरेको नयाँ विश्लेषण अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् । गाजापट्टीमा १ लाख ७५ हजार भवनहरु ध्वस्त भइसकेका छन् ।
डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य गाजामा इजरायलले जारी राखेको बमबारीका कारण गाजाका अधिकांश विश्वविद्यालयहरु भग्नावशेषमा परिणत हुनुका साथै आधाभन्दा बढी संरचनाहरु क्षतिग्रस्त भएको तथ्यांकमा उल्लेख छ ।
जसका कारण लाखौं मानिस घरबारविहीन भएपछि पालमुनि जीवन गजार्न बाध्य छन् । गाजाका १७ लाख जनसंख्या रहेको गाजाका ८० प्रतिशत सर्वसाधारण बिस्थापित भइसकेका छन् । बीबीसीले प्राप्त गरेको स्याटेलाइट डाटा अनुसार विनाशको वास्तविकता छर्लङ भएको छ । हालैका सातामा गाजापट्टीको खान युनिस शहर नराम्ररी प्रभावित भएको छ । सो शहरमा मात्रै ३८ हजार भवन ध्वस्त भएका छन् ।
इजरायलले हमलाका लडाकुसंगै त्यहाँका पुर्वाधारहरुलाई पनि निशाना बनाएको पनि तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्