काठमाडाैँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटमा बंगलादेश विरुद्ध नेपालले खराब सुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले २९ रन जोड्दा ३ विकेट गुमाएको छ।
सुपर सिक्स अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले ८.३ ओभरको समाप्तीमा २९ रन जोड्दा ओपनर अर्जुन कुमाललाई १४ रन तथा अर्का ओपनर विपिन्न रावललाई २ र आकाश त्रिपाठीलाई ३ रनमा गुमायो।
अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी रहेका छ्न्। बंगलादेशका लागि इकबाल होसेन इमोन, मारुफ मृधा र रोहनत डौउल्लाह बोर्सनले समान १-१ विकेट लिए।
नेपालले आज अफगानिस्तान विरुद्धको टोलीमा २ परिवर्तन गरेको छ। तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई समेटेको छ। विशाल प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्।
सेमिफाइनल सम्भावना नभएको नेपालका लागि यो खेल प्रतिस्ठाका रुपमा मात्र रहने छ। मंगलबार भएको खेलमा भारत र पाकिस्तानको जितसँगै बाँकी टिमको सम्भावना लगभग सकिएको हो। यद्यपि टेस्ट टोली विरुद्ध नेपाल आफ्नो आत्माविश्वासी प्रदर्शन कायम राख्दै गतिलो छाप छोड्ने प्रयासमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्