Ads

नौ जना नोबेल पुरस्कार विजेताहरु नेपाल आउँदै


काठमाडाैँ । विश्वको प्रतिष्ठित नोबेल पुरस्कार विजेताहरुको एउटा टोली एकैसाथ नेपाल आउन लागेका छन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७ देखि २९ गतेसम्म आयोजना गर्न लागेको ‘बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन’मा सहभागी हुन ९ जना नोबेल पुरस्कार विजेता नेपाल आउने निश्चित भएको हो ।

सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा आयोजना गर्न लागिएको सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता जोजे रामोस ओर्टा र जोडी विलियम्स सहभागी हुनेछन् ।

त्यस्तै, सन् २०११ का संयुक्त विजेता लेह्म बोबी र टुवाको कर्म्यान, सन् २०१५ का विजेता अब्देससतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस र रसायन शास्त्रका विजेता एरी वार्सल पनि नेपाल आउँदै छन् । उनीहरुसँगै दुई सयभन्दा बढी विकास साझेदारका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

नोबल पुरष्कार विजेताहरु एकचौटी यति ठूलो संख्यामा नेपाल आउन लागेको यो पहिलो पटक हो । सम्मेलनले बालबालिकाको क्षेत्रमा शान्ति तथा सद्भाव कायम गर्न र लुम्बिनीको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू