Ads

महिला क्रिकेटमा रूविनाको कीर्तिमानी शतक


काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालकी पूर्वकप्तान समेत रहेकी रुविना क्षेत्रीले शतक हानेकी छिन्। माल्दिभ्सविरुद्धको खेलमा उनले ५४ बलमा १०२ रन बनाएकी हुन्।

१० चौका र ३ छक्का हान्दै उनले पहिलो शतक हान्न सफल भएकी हुन्। उनी नेपालबाट अन्तराष्ट्रिय खेलमा शतक हान्ने पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन्।

लगातार २ खेलमा जित हात पारेको नेपाल समूहको अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गर्दै समूह डीको विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ। आजै भएको अर्को खेलमा हङकङले भुटानलाई ७२ रनले पराजित गर्दै अन्तिम आठमा पुगिसकेको छ। योसँगै भुटान बाहिरियो। आज पराजित भए पनि नेपाल समूह उपविजेता हुँदै अन्तिम आठमा पुग्नेछ। माल्दिभ्स भने २ खेलमा पराजित हुँदै प्रतियोतिबाट बाहिरीसकेको छ।

नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो।​ माल्दिभ्स आफ्नो पहिलो खेलमा भुटानसँग ९४ र दोस्रो खेलमा हङकङसँग १ सय ७२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। समूह डीमा अपराजित एकमात्र टोली नेपालको २ खेलमा ४ अंक छ।

Ads

सम्बन्धित पोष्टहरू