Ads

रुसका दुई कमान्डरलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध अदालतको पुर्जी


काठमाडौं । अन्तर्राष्ट्रिय अपराध अदालतले दुई उच्च रुसी सैनिक कमान्डरलाई पक्राउ पुर्जी जारी गरेको छ ।

हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालत-आईसीसीले सर्गे कबिलास र भिक्टोर सोकोलोभलाई युक्रेनमा युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । उनीहरूले पाँच महिनासम्म युक्रेनी विद्युत् पूर्वाधारमा क्षेप्यास्त्र प्रहार गर्न आफ्नो फौजलाई निर्देशन दिएको अदालतको आरोप  छ ।

रुसी रक्षा मन्त्रालयले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेन युद्ध अपराधमा आईसीसीबाट पक्राउ पुर्जी जारी भएका दुवै जना दोस्रो सूचीका रुसी सैनिक अधिकारी हुन् । अदालतले एक वर्षअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित बालबालिका आयुक्तविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय अदालतको सदस्य नरहेको रुसले भने पश्चिमा गठबन्धनबाट प्रभावित भएर अदालतले विभेदयुक्त आदेश जारी गरेको दाबी गर्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू