काठमाडौं । गाजामा संघर्ष विश्रामका लागि विश्वभरबाट परिरहेको दबाबका बाबजूद इजरायलले आक्रमण तीब्र पारेको छ । इजरायलले रफाह शहर र मध्यगाजामा आक्रमण गरेको हो ।
इजरायलले गरेको १० वटा आक्रमणबाट २४ घण्टामा ८२ जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् । यससँगै गाजामा मारिनेको संख्या झण्डै ३१ हजार पुगेको छ भने घाइते हुनेको संख्या ७५ हजार नाघेको छ । इजरायली सेनाको हवाई आक्रमणबाट रफाहको बुर्ज अल(मस्री भवन ध्वस्त भएको छ ।
उत्तरी जाबालियाका मेयर मजिन अल(नाज्जरले शहरमा खाना र पानी अभाव भएको र विमानबाट खसालिएको खाद्य सहयोग पनि पर्याप्त नभएको बताएका छन् । इजरायली सेनाले भने गाजामा ३५ लडाकू मारिएको दाबी गरेको छ ।
यसैबीच, यमनको हुथी विद्रोही समूहले रेड सी र एडेन खाडीमा तैनाथ अमेरिकी युद्धपोतमा ३७ वटा ड्रोन आक्रमण गरिएको जनाएको छ । प्यालेस्टिनीको समर्थनमा आक्रमण गरिएको उक्त समूहका सैन्य प्रवक्ताले जनाएका छन् । अमेरिकाले इजरायलको सहयोगका लागि ती युद्धपोतहरु तैनाथ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्