Ads

विवेकशील साझा पार्टीमा विवाद, असन्तुष्ट समूहको बैठक आज


काठमाडौँ ।  विवेकशील साझा पार्टीमा प्रदेश संयोजकहरु तोकिएको निर्णयपछि विवाद सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संयोजकहरु तोकिएको निर्णय सुनाएपछि नेताहरुले विरोध गरेका छन् ।

अध्यक्ष मिश्रले पार्टीमा एकलौटी गरेको तथा राप्रपासँग पार्टी मिलाउन खोजेको भन्दै असन्तुष्ट नेताहरुले छुट्टै बैठक गरेका छन् ।
मिश्रले अन्तर्राष्ट्रिय समितिको संयोजकमा एसके श्रेष्ठ, मधेश प्रदेशमा धनपति महतो, बागमतीमा सञ्जीव वल्लभ भट्टराई र गण्डकीमा सुशीला अधिकारी केसी चयन गरेको बताएका थिए ।

अध्यक्ष मिश्रले पार्टी महाधिवेशन स्थानीय चुनावपछि मात्रै गर्ने निर्णय भएको बताएउँदै २६ जना २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको समेत जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यलाई कारबाही गरेको जानकारी पाएपछि आज(सोमबार) पार्टी कार्यालयमा मिलन पाण्डे नेतृत्वको असन्तुष्ट समूहले कारबाहीमा परेका २६ जनासहित अन्य ७५ जना नेताहरूसंग भेला गरिरहेको छ । आजको भेलामा मिश्र पक्षका कतिपय नेताहरू पनि सहभागी रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू