Ads

विद्रोहीले गरेको आक्रमणमा एक नेपाली सैनिक घाइते


कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा परि एक जना सैनिक घाइते भएका छन् । ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएउँदा एक नेपाली शान्ति सैनिक घाईले भएका हुन् ।

घाइते सैनिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनको उपचार भइरहेको छ भने बाँकी सैनिक सकुशल रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू