पौष ४, काठमाण्डौ
यसवर्षको ‘डिजिटल गभर्नेन्स आईसीटी अवार्ड’ भूमी व्यवस्थापन तथा अभिलेख विभागले जितेको छ । विभागले सूचना प्रविधिका माध्ययमबाट सेवा प्रवाह गरेसंगै सेवाग्राहीलाई सेवा लिन भएको सहजतालाई आत्मसाथ गर्दै अवार्ड प्रदान गरिएको हो । विभागले चालेको कदम स्वागतयोग्य र यसले सेवाग्राहीलाई समयमै काम सम्पन्न गर्न मद्दत पुगेको भन्दै आयोजक लिभिङ वीथ आईसीटीले यो अवार्ड प्रदान गरेको हो । विभाग अन्तर्गत हाल १२६ मालपोत कार्यालय छन् । विभागमा १८ महिना महानिर्देशक रहेर नेतृत्व गरेका शेषनारायण पौडेल हालै मात्र श्रम मन्त्रालयमा सरुवा भएका छन् । उनले नै भूमी व्यवस्थापन विभागलाई ‘डिजिटलाइज्ड’ गर्न महत्वपूर्ण भूमीका र नेतृत्व लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्