सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखी रोकेको स्थानियतहका कर्मचारकिो सरुवा गर्ने अन्तिम तयारी भएको जनाउको छ । सोमबार मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा पहिलेका मन्त्री र सरकारले सरुवाका लागि गरेको तयारीलाई आफुले निरन्तरता दिने बताएका छन् ।
मन्त्री श्रेष्ठले लामो समयदेखी मन्त्रालयमा रोकिरहेको एउटा गाँठो फुकाउन लागेको भन्दै यसपछि हुने सरुवा र बढुवाका विषयमा वृहत छलफल गरेर मात्रै निर्णय लिने बताएका छन् ।
दोहोरो सहमति लिएर सरुवा हुन चाहने स्थानीय तहका कर्मचारीसँग अनलाइन आवेदन माग गरेको थियो तर सबै सुगममा मात्रै जान चाहने र दुर्गममा कर्मचारी अभाव हुने देखिएपछि तत्कालीन अवस्थामा सरुवा गरिएको थिएन ।
करिब २५ सयको हाराहारीमा निवेदन परेपछि तत्कालिन समयमा सरुवा गरिएको थिएन । तर मन्त्री श्रेष्ठले भने समस्या सुल्झाउने भन्दै मापदण्डका आधारमा एकमुष्ट सरुवा गर्न लागेका हुन् ।
मन्त्री श्रेष्ठले कर्मचारीको सरुवालाई चक्रीय तथा पूर्वानुमानयोग्य बनाउन सक्ने गरी तयारी गरिरहेकोसमेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्