Ads

घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ


लहान, अख्तियार दुरुपयो अनुसन्धान वर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

बेलुका पाँच बजेतिर आएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेलको कोठामा रहेको ओछयानमुनिबाट घुस लिएको रकमसहित पक्राउ गरिएको हो ।

एक जना ठेकेदारसँग पुरानो बिल भर्पाइ अनुसारको रकम निकासाको लागि एक लाख रकम घुस मागिएको थियो । पक्राउ गरिएको लेखाअधिकृत पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरी बर्दिवास लगिएको मुचुल्कामा हस्ताक्षर गर्न गएका लहान–७ का वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो ।आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले सो घटनको पुष्टि गर्दै पोखरेललाई नियत्रणमा लिइएको जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू