Ads

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेशी


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारीले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले यी दुबै रिटमा शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए ।

उक्त विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै रिट दर्ता भएको सर्वोच्चले जनाएको हो ।

 

Ads

सम्बन्धित पोष्टहरू