तनहुँ । जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएको छ ।
विसं २०५३ देखि सुन्तला खेती थालेका उनले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएको छ । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती ग गरेका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्