Ads

सुदन किराँतीले दिए पर्यटनमन्त्री तामाङलाई नाैबुँदे सुझाव (पत्रसहित)


काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले वर्तमान पर्यटनमन्त्री हितबहादुर तामाङलाई आफ्ना अनुभवसहितको सुझाव बुझाएका छन् ।

किराँतीले पूर्व मन्त्रीका रुपमा आफूले देखेको र गरेको अनुभवसँगै बढाएका कार्ययोजनाका आधारमा सुझाव पत्र बुझाएको बताएका छन् ।

सुझाव पत्रमा भनिएको छ, प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्नुपर्छ भन्नेमा मतैम्यता छ । यद्यपि, नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र अर्थतन्त्रको दर्हो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ रहेको छ ।

आफ्नो अनुभव र दृष्टिकोणमा नेपालको पर्यटन क्षेत्रमा समग्र विकास गर्न दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिने बताए।

उनले सङ्घीय संस्कृति नीति यथाशीघ्र मन्त्री परिषदबाट पारित गराउन, पर्यटन ऐन संशोधन, २०८० तत्काल संसदमा पठाई अघि बढाउनु पर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरू व्यावसायिक रूपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पीपीपी मोडेलमा लैजान पर्ने, वायु सेवा निगमको पुनः संरचना गर्दै करार व्यवस्थापनमा लानु पर्ने, पशुपतिमा विद्युतीय निःशुल्क शव दहन गराउने कार्य अन्तिम चरणमा पुर्याइएको हुँदा तत्काल कार्यान्वयन गराउनु पर्ने विषय उल्लेख गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू