Ads

बुवाले हलगोरु र दुहुनु भैँसी अनि आमाले गहना बेचेर गायक बनाएकी छोरी बीना


विष्णुप्रसाद पोखरेल

दमक । झापा दमक वडा नं. ९ स्थायी बासिन्दा बीना भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । बिद्यालयमा जाँदै देखि उनी नाँच्ने र गाउने गर्थिन । आफ्नै साथी र शिक्षकले हौसला दिएपछि उनलाई एकदिन आफु साच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ ।

आमा अम्बिकादेबीले आफुलाई सानै उमेरदेखि गाउन हौसला दिएको उनी सुनाउँछिन् । पुख्र्यौली घर ताप्लेजुङ्ग भएपनि सानै उमेरदेखि दमकमानैं बसोबास भयो । दमकमा नै कक्षा १० अर्थात माध्यमिक तहसम्म अध्ययन पूरा गरे पछि संगितप्रतिको रुचीका कारण उच्च शिक्षाका लागि उनी काठमण्डौ आईन् । काठमण्डौ पुगेपछि गुरु चण्डिप्रसाद काफ्लेसंग संगित सिक्न शुरु गरेको र श्री संगित पाठशालामा ८ बर्ष निरन्तर संगित सिकेको उनले बताईन् । आफुले २०६५ सालमा पहिलो पटक बाध्यता एल्बममा ‘झुक्याएर पासो थापि…’ भन्ने गीत गाए पछि उनको औपचारीक सांगितिक संघर्षले बाटो समायो । मीन गुरुङ्गको संगित र उर्वशी थापाको शब्द रहेको थियो ।

मोफसलबाट आउनेलाई संघर्षै संघर्ष

उनी आँफै पनि गीत लेख्छिन् । त्यसपछि लगातर गरेर आफुले १५० भन्दा बढि गीत उनले गाएकी छन् । ‘हामी मोफसलका मानिसहरुलाई काठमण्डौ गएर स्थापित हुन समस्या हुने रहेछ’ उनको अनुभव छ । उनले लोक, आधुनिक विभिन्न विद्याका गीतमा आवाज दिएकी छन् । छक्कै परे..,बुढेशकालको लौरी..,सुन्तलाको फल.. लगायतका गितहरु गाउनु भएको छ । आफुले लेखेको साडी मलमल..को गीत निक्कै नै चले पछि उनलाई थप उर्जा मिल्यो ।

आफुलाई गायिका बनाउनका लागि बुबा मनप्रसाद भट्टराईले हलगोरु र घरको दुध दिने भैसि बेचेको सम्झदा अहिले पनि आँशु झर्ने उनी सुनाउँछिन् । त्यति मात्रै होईन, आमाले आफ्ना गरगहना बेचेर पनि उनलाई संगीत क्षेत्रमा लाग्न आवश्यक खर्च जुटाइदिने गरेकी थिईन् । २०७७ सालमा बुबाको निधन पछि दमक आइ आमाको साथ बसेको र आफ्नो संगित यात्रा केहि समय रोकिएको उनले बताईन् । ‘बुबाको पनि निधन भयो र कोरोना संक्रमणले गर्दा त्यो समयमा केही पनि गर्न सक्ने अवस्था रहेन’ उनले भनिन्–‘अब नयाँ गीत तथा एल्बम निकाल्ने तयारी गर्दैछु ।’ तर हालै मात्र अन्जु श्रेष्ठसंगको तीजको लहर बोलको नयाँ गीत सार्वजनिक भइसकेको छ ।

अवार्डले उर्जा

२०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेकी भट्टराईले नेपाल आइडलमा प्रारम्भिक छनोटमा निर्णायकको भुमिका पनि खेलेकी थिईन् । छाँयाछवि तिज म्यूजिक अवार्ड २०७५, सगरमाथा म्यूजीक अवार्ड २०७६,राष्ट्रिय राप्ती म्यूजिक अवार्ड लगायतका बिभिन्न अवार्डबाट पुरस्कृत तथा सम्मानित भट्टराई अहिले पनि त्रिभुवन बिश्वबिद्यालय ललितकला कयाम्पसमा संगीत बिषय अध्ययनरत छिन् र ३ वटा स्थानीय बिद्यालयमा संगीत शिक्षा पनि पढाउँछिन् ।

आगामी दिनमा पनि संगीतलाई निरन्तरता दिँदै थप उत्कृष्ट गीतहरु श्रोता–दर्शक सम्म ल्याउने उनको धोको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू