Ads

मौषम खुले पछि पुग्न थाले पर्यटक


पाँचथर । मौसम खुलेपछि सुरु हुने सिजनमा पर्याप्त विदेशी पर्यटक आउने आशा कञ्चनजंघा क्षेत्रका पर्यटन व्यवसायीले गरेका छन् । मौसम खुलेपछि कञ्चनजंघा हिमश्रृखला टाढैबाट मनमोहक देखिन थालेको छ । यसको बेसक्याम्प क्षेत्र झनै सुन्दर छ ।हिमाली क्षेत्रको पदयात्रा गर्ने सिजन सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनु पूर्व वाह्य र आन्तरिक पर्यटकको संख्यामा हरेक बर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोना कालका केही वर्ष पछि यो सिजनमा ठुलो संख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको छ ।

विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघासँगै अन्य हिमश्रृंखला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्यहुँदा हुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजंघा अबको महत्पूर्ण गन्तव्य हुने देखिन्छ ।‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोना पछि यो पल्ट धेरै पर्यटक आउने अपेक्षा राखिएको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नु भएको छ’ घुन्साका पर्यटन व्यवसायी धर्के ९दिपक० शेर्पाले भने ‘करिब १८–१९ दिनमा सर्किटनै पुरा गर्न सकिन्छ । घुम्ने अत्याधिक ठाँउहरु भएकाले यहाँ आउने पर्यटकहरु निक्कै रमाउनु हुन्छ । हामी स्वागत गर्न आतुर छौँ ।’
बस्नका लागि होटल सुविधा रहेको छ । भौगोलिक रुपमा सुदुर पूर्व भएपनि घुम्नलाई उपयुक्त छ । आन्तरिक पर्यटकहरुका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाईड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटक पटक पुगेका उनी भन्छन् ‘अहिले पनि नौँ जनाको टोली लिएर गईरहेको छु । धेरै सम्भावना भएपनि केहि ओझेलमा यो क्षेत्र रहेको छ ।’

नेपाल तर्फ उत्तरी र दक्षिणी बेस क्याम्प रहेका छन् । उत्तर तर्फ र दक्षिण तर्फमात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर सर्किट गर्छन् । ८ हजार ५ सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाईलो, उत्सासप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ । यहि पास गरेर दुबै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिण तर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुबैवटा बेसक्याम्प उत्तिकै आर्कषक छन् । उत्तर तर्फ लिम्बुजातीले पवित्र स्थलको रुपमा मानेको फक्ताङलुङ ९कुम्भकर्ण० हिमाल पर्छ । हेर्दा निक्कै आर्कषक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ ।

तुलनात्मक रुपमा कञ्जनजंघा हिमाल कम मात्र आरोहण भएको छ । ‘अनेकन सम्भावनाले भरिएको छ । हिमाल, हिमाली वन्यजन्तु लगायका हिसाबले महत्पूर्ण छ’ कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत दिपेन्द्र पोखरेलले भने ‘समुदायमा आधारित संरक्षण क्षेत्रभएकाले पनि महत्पूर्ण छ ।’

काठमाडौँदेखि टाढा पर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुदा कम पर्यटक आएका हुन सक्छन् । यो क्षेत्रको महिमाको पर्याप्त प्रचार भएको देखिदैन । कञ्चनजंघा हिमालका साथमा अन्य हिमश्रृंखला रहेका छन् । कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभारा जस्ता हिमालहरु रहेका छन् । साझमा ठाँउ ठाँउमा हिमाल पोखरीमा टल्किन्छ । कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । विहानदेखि साझसम्मका हिमालका वद्लिरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरी हिमाली सस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभुमि बनाएर चौरीको तस्विर खिच्ने उत्तिकै देखिन्छन् ।

अबको पदयात्राको अत्यन्त महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताउँछन् याम्फूदिनका बासिन्दा पान्जो शेर्पा । २०५४ सालदेखि यो क्षेत्रलाई सरक्षण क्षेत्रको रुपमा विकास गरिएको थियो । २०६३ साल असोजमा समुदायलाई हस्तान्तरण गरीएको थियो । यो क्षेत्र २ हजार ३५ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । ओलाङचुङगोला, घुन्सा लेलेप, तापेथोक, याम्फूदिन क्षेत्रमा पर्ने यो सरक्षण क्षेत्र विभिन्न विविधता कारणले पनि महत्पूर्ण छ । हिमाली जनजीवन, शेर्पाहरुको जीवनशैलि, याक, चौरीको अवस्थीति, महत्पूर्ण जडिवुटि, प्राकृतिक सौन्दय आनन्दायी लाग्छ ।

हाल गाडी पुग्ने सेकाथुम आम्जीलेसा हुदै दुई दिनमा घुन्सा पुगिन्छ । उपत्यका जस्तो घुन्सा अहिले सहर जस्तो भएको छ । घुन्सादेखि खम्बाचेन, लोनाक हुदै तीन दिनमा उत्तरी पाङपेमा बेस क्याम्प पुगिन्छ । यो ५ हजार १ सय ४० मिटर उचाईमा पर्छ । खम्बाचेनदेखि फक्ताङलुङ ९कुम्भकर्ण० हिमालको बेस क्याम्प जान मिल्छ । सेलेले पास गरेर दुबै बेस क्याप पुग्न सकिन्छ । ओक्ताङ साउथ बेस क्याम्प ४ हजार ७ सय ५० मिटरमा छ । याम्फूदिनसम्म गाडीमा तोरेङदिन, चेराम, रामजेर हुदै साउथ बेस क्याम्प पुगिन्छ ।

हिउँ चितुवाका लागि यो क्षेत्र महत्वपूर्ण छ । पटक पटक हिमचितुवा देखिएको सो क्षेत्रका बासिन्दाको दावी छ । यो क्षेत्रमा रैथाने र घुमन्ते गरी ३ सय ३ प्रजातीका पाईने बताईन्छ । यी मध्ये २ प्रजातिका चरा विश्वमै लोप हुन लागेका छन् । यहाँ २ सय ६६ ताल रहेको परिषदले जनाएको छ । विभिन्न नामका हिमानदि यहाँ छन् । यहाँ ६ प्रकारका सर्प, ४ प्रजातिका छेपारो, १५ प्रजातिका उभयचर, २१ प्रजातीका माछा पाईने बताईन्छ । ८३ प्रजातीका किरा फट्याङ्ग्रा, ८ सय ४४ प्रजातीका फूल फूल्ने प्रजातिका विरुवा पाइन्छ ।

Ads

सम्बन्धित पोष्टहरू